जाजरकाेट । यसवर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रम अनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक अभाव भएको हो । जाजरकाेटमा शैक्षिक...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । एसईई...
जाजरकाेट । जिल्लाको जुनीचाँदे गाउँपालिकामा एक गर्भवती महिलाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि जटिल अवस्थाकी गर्भवती महिलाको उद्धार भएको हाे । सुत्केरी ब्यथा लागेपनि सुत्केरी हुन नसकेपछि जुनीचाँदे गाँउपालिकाकि २६ बर्षकी सिर्जना घर्तीको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको हो । सुत्केरी बेथा लागेपछि उनलाई पञ्चाला स्थित स्वास्थ्य...
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको...
जाजरकाेट । जाजरकाेटमा टाइफाइड रोग विरुद्धको खोप अभियान आजबाट सञ्चालन हुने भएको छ । टाइफाइड रोग विरुद्धको खोप अभियान २०७८/०७९ अन्तर्गत अभियान सञ्चालनको तयारी पुरा भएको स्वास्थ्य कार्यालय जाजरकाेटले जनाएको छ । कार्यालयले बिहीबार अभिमुखीकरण गराउँदै टाइफाइड रोग विरुद्धको खोप अभियान चैत २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म जिल्लाका ७ वटै पालिकामा तालिका बनाएर सञ्चालन...
सल्यान । शिशु तथा आमाको पोषण सुधारका लागि भन्दै सल्यानको कपुरकोटमा सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा र सर्वाेत्तम पिठो वितरण गरिएको छ । कपुरकोट गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले एक सय ५० जना महिलाहरुलाई पोषणयुक्त खाने कुरा वितरण गरेको हो । नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर...
जाजरकोट । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ । तर भेरि नगरपालिका १ का विरेन्द्र बहादुर बस्नेतले भने आफ्नो जन्मदिन...
काठमाण्डौ । शिक्षक सेवा आयोगले शिक्षक पदको परीक्षा दिन जाने व्यक्तिलाई प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जान अनुरोध गरेको छ । आयोगले आज शुक्रवार सूचना निकालेर यही चैत महिनामा हुन लागेका विभिन्न तहका शिक्षक पदका लागि परीक्षा दिन जाने व्यक्तिले प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने जानकारी गराएको हो । आयोगले निकालेको सूचनामा परीक्षाका...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने ‘आज बसेको बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेका छौं । समयतालिका सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’ यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको...
जाजरकोट । छेडागाड ४ जेवा जाजरकोटले वडा स्तरीय शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना भई निरन्तर भएको वडा घोषणा गरेको छ । हामी सबैको एउटै इच्छा बालबालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले कार्यक्रम उद्घाटन गर्नु भएको थियो । ४ बर्ष देखी १२ सम्मका बाल विकास देखी कक्षा ८ सम्म पढ्ने बालबालिकाहरु...