४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
कतै विद्यालयको खोजि त कतै विद्यार्थिको खोजि
कतै विद्यालयको खोजि त कतै विद्यार्थिको खोजि
  • पदम के सी

जाजरकोट । जाजरकोटका धेरै स्थानमा कतिपय सामुदायिक विद्यालयहरुमा एक जना शिक्षकले एकजना विद्यार्थि पढाएर बस्नुपर्ने बाध्यता छ ।

विद्यार्थि अभावमा अधिकांश सामुदायिक विद्यालय न बन्द हुन सकेका छन, न त गुणस्तरीय पढाई नै हुन्छ । कतिपय गाउँमा भने विद्यालय नहुदा पाँच घन्टा सम्म पैदल हिँडेर साना बालबालिका विद्यालयसम्म पुग्ने गरेको अभिभावक गुनासो छ ।

यस्तै समस्याबाट जाजरकोटका धेरै विद्यालय गुर्जिरहेका छन । पछिल्लो समय सरकारी विद्यालय भन्दा निजि विद्यालयमा विद्यार्थिको चाप बढ्दै गएको छ । गाउँका टाठाबाठा र हुनेखानेले आफ्ना बालबालिकालाई निजि विद्यालयमा बढाउने भएकोले पनि यो समस्या आएको कतिपयको बुझाई छ । सरकारी विद्यालयका शिक्षकले नपढाई बस्ने र सरकारी विद्यालयमा पढाईको गुणस्तर खस्किदै गएकोले विद्यार्थि खोज्नुपर्ने अवस्था आएको स्थानीयबासी बताउछन् ।

कक्षा एकमा ७ जना, दुईमा ३ जना, तिनमा ३ जना, चारमा ६ जना र पाँचमा ६ जना विद्यार्थि रहेको भेरी नगरपालिका दुई राङसीको श्री महेन्द्र प्राथामिक विद्यालय विद्यार्थिको पखाईमा छ । २०१८ सालमा स्थापना भएको यो विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थिको सख्या एकदमै कम छ । विद्यार्थि अभाव भएपछि बहुकक्षा सञ्चालन गरेर बस्नु परेको प्राधानध्यापक एम बहादुर शाह बताउछन् ।

उनी भन्छन, जिर्ण भवनमा विद्यार्थि बसालेर पढाउनुपरेको छ । भवन चुहिन्छ, पुरानो विद्यालय भएपनि तिनै तहका सरकारको ध्यान केन्द्रित नहुँदा यो अवस्था आएको हो । धेरै पटक भवन माग गरेपनि कसैले नसुनेपछि जिर्ण भवनमै अध्यापन गराउनु परेको उनको भनाई छ ।

महेन्द्र प्राथामिक विद्यालय भन्दा आधा किलोमिटर टाढा रहेको अर्को नेपाल राष्टि्य प्राथामिक विद्यालयको पनि अवस्था यस्तै छ । २०४५ सालमा स्थापना भएको यो विद्यालयमा पनि विद्यार्थिको सख्याँ एकदमै कम छ । ३३ जना मात्रै विद्यार्थि रहेको यो विद्यालय पनि विद्यार्थिको पर्खाईमा छ ।

विद्यार्थिको सख्या कम भएपछि विद्यालय सञ्चालनमा चुनौति थपिएको छ । कम विद्यार्थि भएकै कारण सिकाईमा समेत असर परेको छ । तर निमित्त प्रधानध्यापक प्रवित्रा पुन भने बर्खायाम भएकोले विद्यार्थि उपस्थित नभएको बताउछिन् । गाउँका टाठाबाठाले निजि विद्यालयमा पढाउने भएकोले सरकारी विद्यालयमा विद्यार्थिको अनुपात घट्दै गएको उनको भनाई छ । यो विद्यालयमा गाउँकै शिक्षक भएकोले पनि धेरै शिक्षकहरु विद्यालयमा उपस्थित नहुने र पठनपाठनमा ध्यान नदिँदा गाउँका अन्य बालबालिका अध्ययनको लागि पाँचकाटिया जाने गरेको गाउँलेको भनाई छ ।

तिनजनाको शिक्षक दरवन्दि भएपनि अहिले एकजना मात्रै शिक्षिका विद्यालयमा छन । राहत कोटामा रहेका बल बहादुर पुन भदौ महिना भरी विद्यालयमा उपस्थित नै भएका छैन्न । यो विद्यालयमा नेपाली र स्वास्थ्य विषय अहिले सम्म पनि पढाई भएको छैन । शैक्षिक शत्र सुरु भएको चार महिना सम्मपनि यि दुई विषय पढाई हुन सकेको छैन ।

नेपाल राष्ट्रिय प्राथामिक विद्यालयका प्रधानाध्यापक रिटाएर भएपछि यो विद्यालयमा आउन दुई शिक्षकको प्रतिशपर्दा चलिरहेकोले अहिले सम्म पठनपाठन नभएको हो । गाउँलेले एकजनालाई ल्याउन चाहेको र एकजना मेयरको पावर लगाएर विद्यालयमा आउने तयारी गरेकाले विद्यार्थिको पढाईमा असर परीरहेको गाउँलेको भनाई छ ।

एकातिर विद्यालय राजनितिले विद्यार्थिको पठनपाठनमा समस्या भएको छ भने अर्को तिर विद्यालयमा शिक्षक नै उपस्थित नभएर तलब पचाईरहदा पनि सम्बन्धित निकाय माैन बस्दा विद्यार्थिको भबिष्य अन्योल बन्दै गएको छ । जिल्लाका अधिकांस विद्यालय एकातिर विद्यालय विद्यार्थिको पर्खाइमा छन भने अर्कोतिर विद्यालय नहुदाँ तिन घन्टा सम्म पैदल हिँडेर विद्यार्थि विद्यालय जाने आउने गरेका छन ।

भेरी नगरपालिका भित्रका तिमीले, खेतगैरी, राङसी लगाएत गाउँमा माध्यमिक विद्यालय नहुदाँ तिन घन्टा जगंलको बाटो पैदल हिँडेर कुशे गाउँपालिकाको पशुपति माध्यामिक विद्यालयमा पुग्नुपरेको दिपेन्द्र वलिले बताए । जंगलको बाटो विद्यालय जानुपर्छ बर्खायाममा ढुङ्गाको डर हुन्छ उनले भने साना बालबालिका छन, विद्यालय पुग्दा थकाई लागेको हुन्छ पढ्न मन लाग्दैन, निद्रा लाग्छ ।

जगंलको बाटो भएर विद्यालय पुग्ने यी विद्यार्थिका कारण अभिभावक सधै चिन्तामा हुन्छन । लामोबाटो हिड्नु पर्दा विद्यार्थिको पढाईमा समेत असर परीरहेको छ । सानो गाउँ भएकाले यहाँ माद्यामिक विद्यालय स्थापना हुन सकेको छैन । विद्यालयसम्मको सहज पहुचँ नभएकै कारण जाजरकोटका धेरै बालबालिका बिचमै पढाई छाड्न बाध्य छन ।

  • १० भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech