३ कात्तिक काठमाडौँ ।सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् ।
वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ ।पुराण अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई तिहारको दिन सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग मार्ग प्रशस्त हुने विश्वास गरिएको छ ।