
१० कात्तिक काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत शुक्रबार रिलिज भएको यो सिनेमाले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।यो चलचित्रले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पाएको छ । अधिकांश शो अग्रिम बुकिङमै हाउसफूल भइरहेका छन् ।‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए ।
‘कबड्डी–५’ले पनि अघिल्ला सिरिजहरूकै कलेक्सनलाई निरन्तरता दिएको छ ।चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायतको अभिनय छ ।रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी छ ।