६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण
एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

शाहीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन

  • paschimpatra

जाजरकोट । जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । हिजो सम्पन्न वडा भेलाले अध्यक्ष धन बहादुर शाही, उपाध्यक्ष सरस्वती चन्द लगाएतका पदाधिकारी रहेको एमालेको तत्कालिन वडा कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरेको हो ।

भेलाले बिरेन्द्र कुमार शाहीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा सरस्वती चन्द, उपाध्यक्षहरुमा आइते घर्ती र भिम बहादुर शाही र सचिव शान्त बहादुर विक चयन भएका छन ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष कमान बहादुर खड्का, पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव गंग बहादुर शाही, पार्टी प्रदेश कमिटी सदस्य तथा भेरी नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्द्र बहादुर शाही, पार्टी प्रदेश कमिटी सदस्य तथा भेरी नगरपालिका वडा नं ९ का वडाध्यक्ष ध्रुव प्रसाद पौडेल, पार्टी प्रदेश कमिटी निरज आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा लगाएतको सहभागिता हेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खड्काले पार्टी स्थापनाको छोटो समय मै अन्य पार्टीहरु संग प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन विस्तार भएकोले आगामी निर्वाचनबाट एकीकृत समाजवादी पहिलो पार्टी बन्ने बताए । जिल्लाका अधिकांश क्षेत्रमा पार्टी संगठन विस्तार भईसकेको र बाँकी ठाउँमा तत्काल संगठन विस्तार गर्ने उपाध्यक्ष खड्काको भनाई छ ।

लामो समयदेखि पुन्मा तत्कालिन एमालेको किल्ला भएको र अव सबै जना एकीकृत समाजवादी पार्टीमा समाहित भएकोले सो वडा अरु कसैले जित्न नसक्ने पार्टी सचिव शाहीले बताए । विभिन्न आश्वासन दिएर एमालेले कतिपयलाई झुक्याउन खोजेपनि इमान्दार कार्यकर्ता नझुक्कीने भन्दै आफुहरुको समग्र क्षेत्रको विकासमा जोड रहेको शाहीको भनाई छ ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech