१९ जेठ काठमाडौं । नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य नहुने भारतले प्रष्ट पारेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीचको सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।नेपालका प्रधानमन्त्रीले...
१० जेठ काठमाडौं । भारतको तेलंगाना राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले अत्यधिक गर्मी र लु तातो हावाको लहर का कारण १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।
४ जेठ काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा...
४ बैशाख काठमान्डौं । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र ६ यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकोप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेटपछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।विमानमा...
३ बैखाख काठमान्डौं । टर्कीमा लगातार दोस्रो दिन विद्यालयमा गोली प्रहारको घटना सार्वजनिक भएको छ । बुधबार एउटा मिडल स्कुलमा १३ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षक र आठ विद्यार्थीसहित ९ जनाको मृत्यु भएको छ । घटनााम करिब १३ जना घाइते भएका छन् । आक्रमणकारीले पछि आफैँलाई पनि गोली हानेका थिए ।आक्रमणकारी कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए । उनी आफ्नो...
२९ चैत काठमाडौं। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार बेलुका करिब सवा ४ बजे अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको थियो।बीबीसीका अनुसार अमेरिका–इरानबीचको वार्ताको पहिलो चरण समाप्त भइसकेको छ।दुई सरकारी अधिकारीहरूले बीबीसीलाई पुष्टि गरेअनुसार, करिब दुई घण्टा ३० मिनेटसम्म चलेको वार्तामा पाकिस्तानी मध्यस्थहरू पनि सहभागी थिए। वार्ता सेरेना...
२५ चैत काठमान्डौं ।इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकासँग ११ अप्रिलमा इस्लामाबादमा वार्ता हुने जानकारी दिँदै १० बुँदे योजना सार्वजनिक गरेको छ । उक्त योजनामा रणनीतिक, आर्थिक र सुरक्षासम्बन्धी मुख्य मागहरू समेटिएका छन् ।योजनाअनुसार होर्मुज जलडमरुमा इरानी सेनासँग समन्वयमा नियन्त्रित आवागमन व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ, जसले इरानलाई विशेष आर्थिक...
७ चैत बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका सात वर्षीय...
३ चैत काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको अफगान अधिकारीहरुले दाबी गरेका छन् । तर पाकिस्तानले भने अस्पतालमा आक्रमण नगरिएको जनाएको छ । अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार...
१ चैत काठमान्डौं । इरानले संयुक्त अरब इमिरेट्स युएई का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको हो।अमेरिका र इसराइल सँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो।उसले दुबईको जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुझेराह बन्दरगाह आसपासका क्षेत्र खाली...