२० पुुस काठमान्डौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समकालीन ल्याटिन अमेरिकी राजनीतिका सबैभन्दा विवादास्पद नेतामध्ये एक मानिन्छन् । दिवंगत राष्ट्रपति ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सन् २०१३ मा सत्तामा आएका मादुरो हालसम्म देशको नेतृत्वमा छन् । २३ नोभेम्बर १९६२ मा जन्मिएका मादुरोले राजनीतिक यात्रा मजदुर आन्दोलनबाट सुरु गरेका हुन् । बस चालकका रूपमा...
१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गर्नु भएको छ ।ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् । राजधानी काराकासमा भएको...
१४ पुस, काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
९ पुस, काठमाडौं । लिबियाका सैन्य प्रमुखको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका गर्नु भएको हो । जनरल अल हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए ।एयरक्राफ्टको...
२० मंसीर काठमान्डौं । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन् । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा...
१५ मंसीर काठमान्डौं । भारतको तमिलनाडु राज्यको शिवगंगा जिल्लामा आइतबार दुई सरकारी बस ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घाइते ४० जनामध्ये २० जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएको छ । विपरीत दिशामा रहेका दुई बस घुम्ती बाटोमा ठोक्किएका थिए । दुर्घटनालगत्तै स्थानीयवासीघटनास्थल पुगेर उद्धार शुरु गरेका थिए। त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई...
११ मंसीर काठमान्डौं । हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। थुप्रै भवनहरूमा एकसाथ आगो लागेको र धुवाँको मुस्लो उठेको छ। उक्त भवनमा रहेका २७९ जना अझै बेपत्ता रहेको बिबिसीले उल्लेख गरेको छ। समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको जनाएको हो।...
४ मंसीर काठमान्डौं । जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले बिहीबार इतिहास रच्दै प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका वरिष्ठ नेताहरूको उपस्थितिमा बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।सन् २०२० मा प्रधानमन्त्रीले शपथ समारोहमा भाग लिन नसके पनि यसपटक उनको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । शपथ...
१ मंसीर काठमान्डौं । बंगलादेशको इन्टरनेशनल क्राइम्स ट्रिब्युनलले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री आसदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको छ । १५ महिनाअघि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै फासीको सजाय सुनाइएको हो ।ट्रिब्युनलले अगस्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनमा भएको दमनमा शेख हसिना...
२९ कात्तिक काठमाडौं । जम्मू–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति ११ः२२ बजे भएको विस्फोटमा नौजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । शवहरूको पहिचान हुन बाँकी छ । घाइते २९ मध्ये धेरैजसो प्रहरी कर्मचारी छन् । उनीहरूको ९२ आर्मी बेस र अन्य अस्पतालमा उपचार भइरहेको छ ।अहिलेसम्म प्रहरीको तर्फबाट कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।स्रोतहरूले...