१ कात्तिक काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई भारतिय प्रहरीले नेपाल भारत सीमा नजिकै गोली हानी नियन्त्रणमा लिएको छ । विहिवार नेपाल तर्फ गोली चलाउदै भाग्दै गरेको अवस्थामा प्रहरीको जवाफी कार्वाहिमा गोली लागेपछि नियन्त्रणमा...
१ कात्तिक भारत । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष टोली गठन गरिएको बताए । उनका अनुसार घटनासँग...
१६ असोज काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकोप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय...
१६ असोज काठमाडौं । इरानले इजरायलमाथि रकेट आक्रमण गरेको छ । इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन् ।इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना...
१० असोज काठमाडौं । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ४३० नाघेको छ ।देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ ।सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका...
८ असोज काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला समेत रहेका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त आक्रमणमा १६ सय ४५ जना घाइते भएका छन् ।इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरिएको जनाएको छ । आक्रमणका कारण...
७ असोज काठमान्डौ । श्रीलंकामा पहिलो पटक वामपन्थी राष्ट्रपति चयन भएका छन्। आइतबार राति सकिएको मतगणनाबाट बामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके राष्ट्रपति निर्वाचित भएका हुन्।श्रीलंका उनी राष्ट्रपति चुनिँदै गर्दा दुईवटा रेकर्ड बनेका छन्।पहिलो पटक वामपन्थी राष्ट्रपति र पहिलो पटक दोस्रो रोजाईको मतगणना गरिएको हो।आइतबार पहिलो रोजाइको मतगणनामा कसैको पनि...
१ असोज, काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आद्मी पार्टी आपको विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि दल नेता चुनिएको हो ।मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने...
१ असोज म्यानमार । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ । अरू ८० जना बेपत्ता रहेको बताइएको छ । यस आँधीले भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारमा गएको हप्ता ५०० भन्दा धेरै जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कहरूले देखाएका छन्...
२१ भदौ, काठमाडौं । केन्याको एक स्कुलमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एंडराशा प्राइमरी स्कुलमा आगलागी भएको थियो । कैयौं विद्यार्थीहरु गम्भीर घाइते भएर अस्पताल भर्ना भएकाले प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ ।यो एउटा निजी स्कुल...