६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
एकिकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीद्वारा भेरी नगरपालिकामा धर्ना
एकिकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीद्वारा भेरी नगरपालिकामा धर्ना
  • paschimpatra

जाजरकाेट । भेरी नगरपालिका जाजरकाेटमा ने.क.पा.(एकिकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएका छन् ।

जाजरकाेटमा क्रियाशिल उक्त पार्टीहरुले गत आर्थिक वर्षको निकासी टेन्डरबाट राजस्व तिरी विभिन्न ठाउँमा स्टक गरी राखेको नदीजन्य निर्माण सामाग्रीहरुको आवश्यक स्टक दस्तुर लिई निकासी गरी निर्माण कार्यमा सहजीकरण गर्नु पर्ने लगायतका माग राख्दै आइतबार दिउँसा‍े १ घण्टा धर्ना दिएका हुन् ।

ढुंगा, बालुवा, रोडा तथा नदिजन्य पदार्थलाइ भेरी नगरपालिकाले राजस्व संकलनका नाममा कमिसनको खेल चलाएर राजस्व संकलन भएको आर्थिक बाट २० प्रतिशत प्रहरी प्रशासनलाई दिने सहमती गरेर उत्खनन बन्द गर्ने कार्यले गम्भिर ध्यानाकर्षण भएको र  राजस्व संकलन गर्न निमित्त टेन्डर सिस्टममा लिएर दिने निर्णय गरेसँगै ने.क.पा.(एकिकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टीले उक्त निर्णयकाे विराेध स्वरुप धर्ना दिएकाे र चरमबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेकाे नेपाल कम्युनिस्ट पार्टीका विराजन शाहीले बताए ।

पटक पटक ध्यानाकर्षण सहित अपिल गर्दा पनि नगरपालिकाले वेवास्ता गरेको हुँदा चरमबद्ध आन्दोलनका कार्यक्रमहरु गर्नुपरेकाे र पुरा मागहरु तत्काल सम्बोधन गर्न तर्फ अन्मुख नभए त्यस परिस्थितिबाट उत्पन्न हुने समस्याको जिम्मेवार सम्बन्धीत निकाय नै हुने ने.क.पा.(एकिकृत समाजवादी)का प्रदिप खड्काले बताएका छन् ।

  • १६ श्रावण २०७९, सोमबार प्रकाशित
  • Nabintech