३ असार काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अल्जेरियाविरुद्ध आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासका सबैभन्दा सफल खेलाडीका रूपमा नयाँ कीर्तिमान कायम गरेका छन् । मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियानको सुखद सुरुआत गर्यो ।
१८ जेठ काठमान्डौ । रोयल च्यालेञ्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जितेको छ ।गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलोरले लगातार दोस्रोपटक उपाधि जितेको हो ।फाइनल खेलमा गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । यस वर्षको सम्पन्न आईपीएलमा राजस्थान रोयल्सका उदीयमान...
१७ जेठ काठमाडौँ । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी ले जितेको छ। फाइनलमा इङ्लिस क्लबआर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पीएसजीले उपाधि रक्षा गरेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त समय गरी १ सय २० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।खेलको सुरुआतमै काई हाभर्ट्जले गोल...
४ जेठ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाली टोली सजिलै विजयी भएको छ।स्कटल्यान्डले दिएको १९५ रनको चुनौतीलाई नेपाली टोलीले ७४ बल बाँकी छँदै ४ विकेको क्षतिमा भेट्टाएको हो ।नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले ७४ र अर्का ब्याटर इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले...
४ बैशाख काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो। सूदुरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४।३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
२६ चैत काठमाडौं । गुजरात टाईटान्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सवरुद्ध रोमाञ्चक जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा गुजरात एक रनले विजयी भएको हो । यो जितसँगै गुजरातले प्रतियोगितामा जितको खाता खोलेको छ । जितसँगै दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ ।बुधबार भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा गुजरातले...
२२ चैत काठमाडौं। इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ। शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा राजस्थान विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो। टोलीका लागि यशस्वी जैसवालले ५५ रन र ध्रुव जुरेल ७५ रनको उत्कृष्ट अर्धशतकीय...
२१ चैत काठमाडौं । भारतलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्प्यिनसिपको उपाधि जितेको छ ।बंगलादेशले यसअघि सन् २०२४ मा नेपाललाई फाइनलमा ४–१ ले पराजित गर्दै पहिलोपटक उपाधि चुमेको थियो ।
१९ चैत काठमाडौँ । लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ। बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।जवाफमा दिल्लीले...
१८ चैत काठमाडौं । कुपर कोनोलीको अर्धशतक प्रेरित पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । पञ्जाब किंग्सले गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकालेको हो । पञ्जावले पहिलो खेलमै जित निकाल्दै तालिकामा दुई अंक जोडेको छ । भारतको चण्डिगढस्थित महाराजा यादाविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल भएको थियो । जहाँ पञ्जावले...