३ असार २०८३, बुधबार
३ असार २०८३, बुधबार
खोलाले बगाउँदा प्युठानमा दाजुभाइको मृत्यु
खोलाले बगाउँदा प्युठानमा दाजुभाइको मृत्यु
  • न्युज डेस्क

३ असार प्युठान । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू १० वर्षीय मिलन खत्री र सात वर्षीय बिमल खत्रीको सोही ठाउँस्थित जोगी पनेरा खोलाले बगाएर मृत्यु भएको हो ।

खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लुङबहाने र प्रहरी चौकी डामृबाट खटिएको प्रहरीले खोजी गरेका थिए । बिमलको शव मंगलबार दिउँसो र मिलनको शव बुधबार बिहान फेला परेको हो ।

  • ३ असार २०८३, बुधबार प्रकाशित
  • Nabintech