१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
कांग्रेस र एमाले परित्याग गरी कुशेमा ८१ जनाले रोजे एकीकृत समाजवादी
कांग्रेस र एमाले परित्याग गरी कुशेमा ८१ जनाले रोजे एकीकृत समाजवादी
  • paschimpatra

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ८१ जनाले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । एकीकृत समाजवादीको कुशे गाउँ कमिटीको शनिवार सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसबाट ६५ जना र एमाले बाट १६ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।

कार्यक्रममा कांग्रेसबाट दलित संघका क्षेत्रीय उपसभाति नरबहादुर नेपाली, थर्पु मावि ढिमेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश मल्ल र एमाले कुशेका प्रभावशाली नेता बिर्ख बहादुर रावल लगाएतले एकीकृत समाजवादी पार्टी रोजेका हुन । त्यस्तै राम बहादुर सुनार, गोपी टमटा, मोहन विक्रम विक, सुशिल सुनार, जिवराज सुनार, मग बहादुर टमटा, पविन टमाटा, गोपाल टमाटा, दिपक टमटा, माधव सुनार, पानसरा परियार, लोकेन्द्र टमटा, नरेन्द्र खड्का, तप्त बहादुर रोकाय, भरत रोकाय, पशुपति जैसी, नरेन्द्र नेपाली, दिल बहादुर नेपाली, कमल थापा, मनोज बस्नेत, काली प्रसाद जैसी, कृति बहादुर सिंह, दल बहादुर विष्ट, लाल बहादुर खड्का, धनसरी चनारा, पार्वती मल्ल, लिलावती शाह, धन बलहादुर सुनार, भगवती सिंह, विर बहादुर शाही, रामबहादुर नेपाली टेकेन्द्र महर लगाएत ६५ जनाले कांग्रेस परित्याग गरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको पार्टी जिल्ला कमिटीका उपाध्यक्ष तप्त हमालले जानकारी दिए ।

उपाध्यक्ष हमालका अनुसार कार्यक्रममा मानबलहादुर सिंह, कालि बहादुर सिंह, विजय विक, मैसरी कामी, जय बहादुर सिंह, गौरी रावल, प्रकाश रावल, लोकेन्द्र खत्री लगाएत १६ जनाले एमाले परित्याग गरि एकीकृत समाजवादी पार्टी रोजेका छन । नवप्रवेशीहरुलाई कुशेका प्रभावशाली नेता एवम् नेकपा एकीकृत समाजवादी जाजरकोटका उपाध्यक्ष तप्त हमालले स्वागत गरेका थिए ।

  • ९ फाल्गुन २०७८, सोमबार प्रकाशित
  • Nabintech