६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कपको उपाधी शिवशंकर माविलाई
राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कपको उपाधी शिवशंकर माविलाई
  • पवन शर्मा

जाजरकोट । भेरी नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिताको उपाधि शिवशंकर मावि जगतिपुरले उचालेको छ ।
खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाले माघ २२ गते देखी संचालन गरेको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदक प्राप्त गरी प्रथम हुँदै शिवशंकर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधि सहित नगद पुरस्कार ४० हजार हात पारेको हो ।

त्यसैगरी ६ स्वर्ण, ५ रजत र ६ कास्य पदकसहित कुल १७ पदक प्राप्त गर्दै भेरी त्रिवेणी मावि रिम्ना दोस्रो र ५ स्वर्ण, ५ रजत र ४ कास्य पदक सहित १४ पदक प्राप्त गर्दै भगवती मावि कुदु तृृतीय भएका छन् । दोस्रो र तृतिय हुने विद्यालयले क्रमश ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

तेक्वान्दो, उसु, एथलेटिक्स, कराते, भलिबल र कबड्डी खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट १० विद्यालयका करिव २ सय छात्र÷छात्राहरुको सहभागी रहेको थियो ।

बिहीबार पुरस्कार वितरण गर्दै नगरप्रमुख चन्द्र प्रकाश घर्तिले विजेता छात्र÷छात्राहरुलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गर्नुभयो । उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।

नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो र तृतिय छनोट गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले जानकारी दिनुभयो ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित
  • Nabintech