६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
जाजरकाेटमा नेपाल टेलिकमको एफटिटिएच सुरु
जाजरकाेटमा नेपाल टेलिकमको एफटिटिएच सुरु
  • पवन शर्मा

जाजरकाेट । नेपाल टेलिकम दूरसञ्चार कार्यालय जाजरकाेटले बुधबार देखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु होम (एफटिटिएच) सेवाको विस्तार सुरु गरेको छ ।

तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डाटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज हुने र सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाउँहरूमा एफटिटिएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने दूरसञ्चार कार्यालय  जाजरकाेटले जनाएकाे छ ।

त्यसैगरी, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ‘उच्च गति न्यून दर’को एफटिटिएच सेवा उपलब्ध गराइएको दूरसञ्चार कार्यालय जाजरकाेटका प्रमुख गाेपेन्द्र अधिकारीले बताए ।

यस सेवामार्फत उपभोक्ताले आफ्नो इच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् । सामान्य घरमा प्रयोग हुने ८ एमबिपिएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने  स्पिडकाे उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने छ ।

कार्यालयका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पिएसटिएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरू समेत निःशुल्क हुनेछन् ।

  • १२ श्रावण २०७९, बिहीबार प्रकाशित
  • Nabintech