१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
भेरी नगरका जनताले एक पटक विवेक प्रयोग गर्नुपर्ने : खड्का
भेरी नगरका जनताले एक पटक विवेक प्रयोग गर्नुपर्ने : खड्का
  • पवन शर्मा

जाजरकाेट ।  नेकपा एकिकृत समाजवादीबाट भेरी नगर प्रमुख पदका उम्मेदवार कमान बहादुर खड्काले भेरी नगरलाई विकासको मूलधारमा ल्याउनका लागि भेरी नगरका जनताले एक पटक विवेक प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

खड्काले जनताले अनुभूति गर्ने गरी विकासको आधार तय गर्नका लागि नगरका जनताले एक पटक आफ्नो विवेक प्रयोग गरी नेकपा एकिकृत समाजवादीका उम्मेदवारहरुलाई बिजय गराउन आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचन प्रचारप्रसार अभियानका क्रममा भेरी नगरका विभिन वडामा जनतासँग बोल्दै नगर प्रमुख पदका उम्मेदवार खड्काले एकिकृत समाजवादीले भेरी नगरको विकास र समुन्नतिका लागि सबैसँग सहकार्य गरी जनताको आधारभूत समस्यासँग प्रत्यक्ष सरोकार राख्ने पक्षलाई ध्यान दिएर योजना निर्माण गरी कार्यन्वयन गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

साथै उहाँले भेरी नगरपालिकाका जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीसँग जोड्ने प्रतिवद्धता जनाउदै  नगर भित्रका महिलाहरुलाई विभिन्न सिपमूलक तालिम प्रदान गरी आर्थिक रुपमा सक्षम बनाउनका लागि विशेष योजनाका साथ काम गर्ने बताउनुभयाे ।

त्यसैगरी जनताले भोग्दै आएका समस्याहरु समाधान गर्ने नेकपा एकिकृत समाजवादीकाे मूल ध्येय रहेको र भेरी नगरमा नेकपा एमाले नेतृत्वको स्थानीय सरकारले पाँच वर्ष भ्रष्टचार, अनियमितता र जनताको भावना विपरित कार्य गरेको बताउँदै नेकपा एकिकृत समाजवादीलाई एक पटक भेरी नगरको संस्थागत विकासका लागि भोट दिन आग्रह गर्नुभयो ।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित
  • Nabintech