
१८ चैत काठमाडौं । कुपर कोनोलीको अर्धशतक प्रेरित पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । पञ्जाब किंग्सले गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।
पञ्जावले पहिलो खेलमै जित निकाल्दै तालिकामा दुई अंक जोडेको छ । भारतको चण्डिगढस्थित महाराजा यादाविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल भएको थियो । जहाँ पञ्जावले १६३ रनको लक्ष्य १९-१ ओभरमा सात विकेट गुमाएर पुरा गर्यो ।