
Sameer Rizvi of Delhi Capitals raises his bat after scoring a fifty during Match 5 of the TATA Indian Premier League 2026 between Lucknow Super Giants and Delhi Capitals at Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow, India, on April 1, 2026. Photo by Vipin Pawar / CREIMAS for IPL
१९ चैत काठमाडौँ । लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ।
बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।जवाफमा दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाउँदै खेल जित्यो ।