
१९ जेठ काठमाडौं । नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य नहुने भारतले प्रष्ट पारेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीचको सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।नेपालका प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेका भनाइ र त्यसपछि नेपाली परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यबारे प्रतिक्रिया दिँदै प्रवक्ता जयसवालले दुई देशबीच स्थापित संयन्त्रमार्फत नै यस विषयलाई टुङ्गो लगाइने बताए ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको हुनसक्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहले दुई मुलुकको सीमा विवादका विषयमा इङ्ग्ल्याण्ड सरकारसँग पनि कुराकानी भइरहेको दाबी गरेका थिए ।यसै विषयमा प्रवक्ता जयवसालले प्रतिक्रिया दिएका हुन् । उनका अनुसार भारत र नेपालबीचको करिब ९८ प्रतिशत सीमा क्षेत्रको सीमाङ्कन भइसकेको छ भने केही सीमित क्षेत्रहरूमा मात्र अझै सहमति हुन बाँकी छ । विशेष गरी गण्डक नदीले आफ्नो बहाव परिवर्तन गर्दा केही स्थानहरूमा प्राविधिक अस्पष्टता र विवाद उत्पन्न भएको उनले उल्लेख गरे ।