
२६ चैत काठमाडौं । गुजरात टाईटान्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सवरुद्ध रोमाञ्चक जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा गुजरात एक रनले विजयी भएको हो ।
यो जितसँगै गुजरातले प्रतियोगितामा जितको खाता खोलेको छ । जितसँगै दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ ।बुधबार भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा गुजरातले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो ।