२२ जेष्ठ २०८३, शुक्रबार
२२ जेष्ठ २०८३, शुक्रबार
जाजरकोटमा विश्व वातावरण दिवसमा ‘एक बालबालिका, एक बिरुवा’ अभियान सुरु
जाजरकोटमा विश्व वातावरण दिवसमा ‘एक बालबालिका, एक बिरुवा’ अभियान सुरु
  • paschimpatra

जाजरकोट । विश्व वातावरण दिवसको अवसरमा जाजरकोटमा ‘एक बालबालिका, एक बिरुवा’ अभियान सुरु गरिएको छ। वल्र्ड भिजन इन्टरनेसनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको सहजीकरणमा अभियानको उद्घाटन गरिएको हो।
हरेक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवसको अवसरमा वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा भेरी नगरपालिका र नलगाड नगरपालिकामा यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

अभियानअन्तर्गत भेरी नगरपालिका र नलगाड नगरपालिकाका करिब ५,६३० बालबालिकाले सुन्तला र लिचीका बिरुवा रोप्ने कार्यक्रम रहेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिए। उनका अनुसार “Plant Trees, Plant Hope” भन्ने नारासहित अभियान सञ्चालन गरिएको हो।

अभियानमार्फत बालबालिकालाई जलवायु परिवर्तन र बढ्दो विश्वव्यापी तापक्रमका चुनौतीबारे सचेत बनाउँदै व्यक्तिगत, विद्यालय र समुदायस्तरमा वृक्षारोपणमार्फत वातावरण संरक्षणमा सहभागी गराइनेछ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालले बालबालिकालाई जलवायु परिवर्तनका असर तथा समाधानमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
वृक्षारोपणका लागि स्थानीय पारिस्थितिकीय प्रणालीअनुसार उपयुक्त बिरुवा छनोट गर्न भेरी र नलगाड नगरपालिकासँगै जिल्ला वन कार्यालय र कृषि विकास कार्यालयसँग समन्वय गरिएको पनि संस्थाले जनाएको छ।

  • २२ जेष्ठ २०८३, शुक्रबार प्रकाशित
  • Nabintech