३० फागुन काठमान्डौं । पश्चिम एसियामा जारी तनावबीच संयुक्त अरब इमिरेट्सले आक्रमणलाई रोक्दै गरेको वायु रक्षा प्रणालीको भिडियो सार्वजनिक गर्ने १० जनालाई पक्राउ गर्न आदेश दिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार उनीहरूले आक्रमणका वास्तविक दृश्यका साथै विस्फोट र आक्रमण देखाइने एआईबाट बनाइएका नक्कली भिडियो र तस्वीरहरू पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । यसैबीच...
२६ फागुन काठमान्डौं । इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खर्राजीले अब अमेरिकासँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्।उनले इरानी सेना लामो युद्धका लागि तयार रहेको पनि बताएका छन्। एक अन्तर्वार्तामा खर्राजीले भने, ‘अब वार्ताका लागि कुनै ठाउँ देखिँदैन। ’उनले अमेरिका यसअघि पनि वार्ताका क्रममा गरेका वाचा पूरा गर्न असफल भएको बताउँदै वार्ता जारी...
२८ माघ काठमाडौं । क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।ब्रिटिस कोलम्बिया प्रान्तको एउटा माध्यमिक विद्यालयमा सामूहिक गोलीकाण्डमा संदिग्ध आक्रमणकारीसहित कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।रोयल क्यानेडियन माउन्टेड प्रहरी आरसीएमपीका अनुसार गोली चलाउने व्यक्ति महिला हुन् । उनले आफैँलाई पनि गोली हानी हत्या गरेकी छिन् ।मृत्यु...
१९ माघ काठमान्डौं । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको यस आक्रमणमा अन्य सातजना घाइते भएका छन् । आक्रमणपछि बसमा लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
२० पुुस काठमान्डौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो समकालीन ल्याटिन अमेरिकी राजनीतिका सबैभन्दा विवादास्पद नेतामध्ये एक मानिन्छन् । दिवंगत राष्ट्रपति ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सन् २०१३ मा सत्तामा आएका मादुरो हालसम्म देशको नेतृत्वमा छन् । २३ नोभेम्बर १९६२ मा जन्मिएका मादुरोले राजनीतिक यात्रा मजदुर आन्दोलनबाट सुरु गरेका हुन् । बस चालकका रूपमा...
१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गर्नु भएको छ ।ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् । राजधानी काराकासमा भएको...
१४ पुस, काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
९ पुस, काठमाडौं । लिबियाका सैन्य प्रमुखको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका गर्नु भएको हो । जनरल अल हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए ।एयरक्राफ्टको...
२० मंसीर काठमान्डौं । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन् । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा...
१५ मंसीर काठमान्डौं । भारतको तमिलनाडु राज्यको शिवगंगा जिल्लामा आइतबार दुई सरकारी बस ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घाइते ४० जनामध्ये २० जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएको छ । विपरीत दिशामा रहेका दुई बस घुम्ती बाटोमा ठोक्किएका थिए । दुर्घटनालगत्तै स्थानीयवासीघटनास्थल पुगेर उद्धार शुरु गरेका थिए। त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई...