१ बैशाख २०८२, सोमबार
१ बैशाख २०८२, सोमबार
पूर्वप्रधानमन्त्री शेख हासिना र छोरीविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वप्रधानमन्त्री शेख हासिना र छोरीविरुद्ध पक्राउ पुर्जी जारी
  • न्युज डेस्क

३१ चैत काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हासिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको छ ।भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरूविरुद्धको अभियोगपत्र स्वीकार गरेका समाचारमा बताइएको छ ।

  • ३० चैत्र २०८१, आईतवार प्रकाशित
  • Nabintech