२० जेष्ठ २०८२, सोमबार
२० जेष्ठ २०८२, सोमबार
नाइजेरियामा वर्षा, ११० भन्दा बढीको मृत्यु
नाइजेरियामा वर्षा, ११० भन्दा बढीको मृत्यु
  • न्युज डेस्क

१६ जेठ काठमाडौं । मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ। उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।

नाइजेरियाले २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो, जसले गर्दा लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका थिए । जसका कारण ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

  • १७ जेष्ठ २०८२, शुक्रबार प्रकाशित
  • Nabintech