११ माघ काठमाडौं । परराष्ट्र मन्त्रालयले यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जना नेपालीको विवरण सार्वजनिक गरेको छ । उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ ।मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको बताइएको छ ।मृत्यु हुनेमा ४ जना अछामका २ जना कैलालीका र १ जना बाँकेका रहेको बताइएको छ ।