६ जेठ काठमान्डौ । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।
थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।नेपालका लागि कविता कुवँरले बनाएको २४ रन नै सर्वाधिक रह्यो। ३३ बलमा १ चौका प्रहार गरेकी कविता रन आउट हुन पुगिन्।