२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार
हमासद्धारा ३४ बन्धकलाई छोडन तयार
हमासद्धारा ३४ बन्धकलाई छोडन तयार
  • न्युज डेस्क

२२ पुस काठमाडौं । गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ ।

बीबीसी संवाददाता जोनाह फिशरका अनुसार, हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची बीबीसीसँग साझा गरेका छन् । इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको ती अधिकारीले बताए ।यीमध्ये कति बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।सूचीमा रहेका नामहरूमा १० महिला र ५० देखि ८५ वर्षका ११ बन्धक छन् । केही युवा पुरुषको नाम पनि सूचीमा छ, जसलाई हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो ।हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ ।इजरायलले यसअघि कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको जनाएको थियो । इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविरामका विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो ।नेपाली विद्यार्थी विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । रिहा गरिने भनिएको उक्त ३४ बन्धकको सूचीमा विपीनको नाम भए नभएको स्पष्ट छैन ।

  • २२ पुष २०८१, सोमबार प्रकाशित
  • Nabintech