१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
जनताको कर नखाने गीताले वैशाख सम्मको सबै सेवा सुविधा लिएको खुलासा
जनताको कर नखाने गीताले वैशाख सम्मको सबै सेवा सुविधा लिएको खुलासा
  • न्युज डेस्क

१ जेठ बाँके । मङ्गलवार राजीनामा सार्वजनिक गरेकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले वैशाख महिनासम्मको तलब भत्तासहितका सेवा सुविधा सबै बुझिसकेको पाइएको छ ।

श्रीमान् कैलाश गुरुङमार्फत पार्टीमा पटक पटक मन्त्रीका लागि दबाब दिएकी उनले प्रदेश सभाबाट पाउने सबै सुविधाको रकम वैशाख महिनासम्मको सबै लिएको खुलेसँगै उनले सार्वजनिक गरेको भावनात्मक शब्द स्टन्ट मात्रै भएको सो पार्टीका नेताहरूले बताएका छन् । हाल बेलायतमा रहेकी गुरुङको खातामा पाउने सबै सुविधा गइसकेको छ ।लामो समय बेलायत बसेकी उनी निर्वाचनअघि त्यहाँबाट आएर जनमत पार्टीको समानुपातिक सांसदमा परेकी थिइन् ।

  • १ जेष्ठ २०८२, बुधबार प्रकाशित
  • Nabintech