२४ कार्तिक २०८३, सोमबार
२४ कार्तिक २०८३, सोमबार
दैलेखमा जीप दुर्घटना, चालकसहित ६ जना घाइते
दैलेखमा जीप दुर्घटना, चालकसहित ६ जना घाइते
  • न्युज डेस्क

२३ कात्तिक दैलेख । दैलेखमा जीप दुर्घटनामा परेको छ । दैलेखको गुराँस गाउँपालिका–१, काफल तोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन । कालीकोटबाट सुर्खेततर्फ बिरामी लिएर आउँदै गरेको जीप सडकबाट करिब ३०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब ४ः४५ बजे कर्णाली प्रदेश १२१५ नम्बरको डबल क्याप जीप अनियन्त्रित भई सडकबाट खसेको कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।दुर्घटनामा चालक कालीकोटको सानी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिम्खडा, सोही ठाउँका २२ वर्षीय तपेन्द्र सिम्खडा, सानी त्रिवेणी–६ का रणे सार्की घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।यस्तै, सानी त्रिवेणी–६ की ३८ वर्षीया जादुकला सार्की, रास्कोट गाउँपालिकाकी १८ वर्षीया गंगा सार्की र सानी त्रिवेणी–४ की २६ वर्षीया कौसी सार्की घाइते भएका छन् । जादुकला र कौसी बोल्न सक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ । तपेन्द्रको ढाडमा चोट लागेको छ ।चालकबाहेक अरू पाँच घाइतेलाई उपचारका निम्ति सुर्खेत लगिएको छ ।

  • २४ कार्तिक २०८३, सोमबार प्रकाशित
  • Nabintech