२४ कार्तिक २०८३, सोमबार
२४ कार्तिक २०८३, सोमबार
सुर्खेतमा ८ जना जुवाडे पक्राउ
सुर्खेतमा ८ जना जुवाडे पक्राउ
  • न्युज डेस्क

२३ कात्तिक सुर्खेत । सुर्खेतमा आठ जना जुवाडे पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलेको आरोपमा आठ जना पक्राउ परेका हुन। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति करिब २ः४० बजे वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।जुवातास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

  • २४ कार्तिक २०८३, सोमबार प्रकाशित
  • Nabintech