१९ जेष्ठ २०८२, आईतवार
१९ जेष्ठ २०८२, आईतवार
गभर्नर बनेका विश्व पौडेल को हुन् ?
गभर्नर बनेका विश्व पौडेल को हुन् ?
  • न्युज डेस्क

६ जेठ काठमाडौं । महाप्रसाद अधिकारीको कार्यकाल सकिएको ४४ दिनपछि नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ । गभर्नरमा डा। विश्वनाथ पौडेल नियुक्त भएका छन् । सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमाले बीचको लामो रस्साकसीपछि राष्ट्र बैंकले १८औँ गभर्नर पाएको हो ।गत चैत ११ गते नै सिफारिस समिति गठन भएको थियो । तर, दुई सदस्यको राजीनामा पछि मंगलबार नै पहिलोपटक बैठक बसिएको थियो । बैठकले पौडेलसहितको नाम सिफारिस गरेको थियो । पौडल ती व्यक्ति हुन्, जो पहिलोपटक सिफारिस समिति गठन हुँदा सदस्य थिए ।

नेपाली कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नरमा अघि बढाउने गरी राजीनामा दिन लगाएका थिए । तर, कायममुकायम गभर्नर डा। नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले समितिको सदस्य रहेका पौडेललाई नै गभर्नर बनाउने प्रस्ताव गरेको थियो ।

  • ७ जेष्ठ २०८२, मंगलवार प्रकाशित
  • Nabintech