४ कार्तिक २०८२, सोमबार
४ कार्तिक २०८२, सोमबार
नेपाल विश्वकप छनोटको च्याम्पियन
नेपाल विश्वकप छनोटको च्याम्पियन
  • न्युज डेस्क

३१ असोज काठमाडौं । नेपालले आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जिaतेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो ।नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो ।

नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।पछिल्लोपटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।

  • १ कार्तिक २०८२, शुक्रबार प्रकाशित
  • Nabintech