३ मंसिर २०८२, मंगलवार
३ मंसिर २०८२, मंगलवार
ठग जेन जी शाहीलाई प्रहरीले समात्यो
ठग जेन जी शाहीलाई प्रहरीले समात्यो
  • न्युज डेस्क

२९ असोज काठमान्डौं ।  २ दिन अघि सम्म जेन जीको अगुवा भन्दै विभिन्न कार्यालयमा पुगेर प्रमुखलाई थर्काउने राजीनामा माग्ने जेन जी अर्जुनबहादुर शाही पक्राउ परेका छन ।उनि संवैधानिक आयोगमा समेत प्रमुखलाई थर्काउने आफुले भनेको काम गर्न दबाव दिने काम नगरे बाटो खाली गर्नु पर्छ भन्दै राजीनामा समेत माग गर्ने ठग जेन जी पक्राउ परेका हुन ।उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनु भयो ।

उहाका अनुसार शाहि बैकिङ कसूर र ठगिका विभिन्न घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर गरेको बुझिएको छ ।शाहीविरुद्ध गत वैशाखमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए ।

  • २९ आश्विन २०८२, बुधबार प्रकाशित
  • Nabintech