३० असोज बाँके । बाँकेमा लाखौं रुपैया बराबरको पटका सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार जानकी गाउँपालिका १ साईगाउँबाट करिब १ लाख रूपैयाँ बराबरको पटका सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया बस्ने २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् ।