८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
एन.एम.ए चुनाबमा शरद गजुर्यालकाे चर्चा
एन.एम.ए चुनाबमा शरद गजुर्यालकाे चर्चा
  • paschimpatra

काठमाण्डाै । आसन्न नेपाल चिकित्सक संघ(एनएमए) चुनाबमा डा. शरद गजुर्यालले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने चर्चा चलेसँगै यतिबेला चिकित्सा क्षेत्र तातेको छ ।

डा. शरद पक्षका चिकित्सकहरुले सामाजिक संजालमा अभियान नै संचालन गर्न थालेका छन् |

उनिहरुले ‘सरद फर प्रेसिडेन्ट’ लेखेर डा. शरद लाई खुल्ला समर्थन व्यक्त गरेका छन् । हाल चिकित्सा क्षेत्रमा विशेष गरि युवा चिकित्सकहरुमा श्रम शोषण भइरहेको कुरा उठ्दै आएपनि पछिल्लो समय बिशेषज्ञ चिकित्सक हरुले समेत तलब भत्ता समयमा पाउने नगरेको गुनासो सार्वजनिक रुपमै पोख्न थालेका छन् ।

आम चुनाबमा युवा चिकित्सकहरु संघिय सांसदमा निर्वाचित भए सँगै चिकित्सकहरुको संस्था एनएमएमा पनि अब पुरानो अनुभब लिएर नयाँले हाक्नुपर्ने मत बलियो हुदै गएको छ |

नाम उल्लेख नगर्ने सर्तमा एक चिकित्सक भन्छन् ,” आज सम्म हामीलाई अल्मल्याउने काम भयो,अब भोट मार्फत बिद्रोह हुनेछ । नो नट अगेनको झिल्को पसिसकेको छ,माघ ६ मा केहि होला ! ” न्युन तलब, कामको अत्याधिक चाप,पर्याप्त लोकसेवा सिट नखुल्ने, करारमा चलाउने , असुरक्षाले गर्दा चिकित्सकहरुमा चरम निराशा हुने गरेको कुरा बहसमा आएपनि कुनै समस्याको समाधान हुन सकेको छैन |

नेपाल चिकित्सक संघको चुनाब माघ ६ गते हुदैछ |

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित
  • Nabintech