१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकोटमा ब्लड बैंक नहुँदा समस्या
जाजरकोटमा ब्लड बैंक नहुँदा समस्या
  • पवन शर्मा

जाजरकोट । कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोटमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ ।

५० शैयाको जिल्ला अस्पताल जाजरकोटमा ब्लड बैंक नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा अन्यत्रै लैजानु पर्ने अथवा सेना र प्रहरीको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

ब्लड बैंकको व्यवस्था नहुँदा रगत आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख नवराज कडेलले जानकारी दिनुभयो । अस्पतालको रगत व्यवस्थापनको भरपर्दो माध्यम नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी भएको उहाँको भनाई छ ।

पछिल्लो साता मात्रै नलगाड नगरपालिका –२ डाँडागाउँकी ३२ वर्षीया पशुपती गिरीलाई आकस्मिक रगत चडाउनु पर्ने भएपछि रक्त समूह मिल्ने अस्पताल वरिपरिका सबैलाई आग्रह गरियो । तर रक्तदानका लागि कोही पनि तयार नभएपछि अन्तिम अवस्थामा प्रहरी जवानबाट रगत पूर्ति गर्नुपरेको बिरामीका आफन्त बताउँछन् । उनीहरुका अनुसार रगत आवश्यक पर्नेबित्तिकै कोही तयार नभएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले नेपाल प्रहरीलाई खबर गर्दा बिरामीसँग रक्त समूह मिल्ने प्रहरी आएर रगत दिएका थिए ।

जाजरकोटमा यसपटक मात्रै हैन, वर्षेनि अस्पतालमा आवश्यक रगत जिल्लाकै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले उपलब्ध गराउँदै आएका छन् ।

जिल्लामा भेरी नगरपालिकाको आर्थिक सहयोग र रेडक्रस सोसाइटीको सत्रियतामा २०७५ सालमा आकस्मिक रक्त सञ्चार सेवा स्थापना गर्ने भनेर अस्पतालमा जनशक्तिलाई तालिम र सामाग्र्री किटहरु उपलब्ध गराएर केही वर्ष चलेपनि अहिले संचालनमा नरहेको नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति हरि बहादुर बस्नेतले बताउनु भयो ।

जिल्लाका सात वटै पालिकाले बजेटको व्यवस्था गर्ने र अस्पतालले ब्लड बैंक सञ्चालन गर्ने एक बर्ष पहिले जिल्ला प्रशासन कार्यालयमा निर्णय समेत भएको थियो । सो निर्णयलाई स्थानीय तहले चासोका रुपमा नहेर्दा ब्लडका लागि विरामीहरुले निकै दुःख भोग्नु परेको छ ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित
  • Nabintech