१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शैक्षिक सामग्री
अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शैक्षिक सामग्री
  • paschimpatra

जाजरकोट । जाजरकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । भेरी नगरपालिकाको आयोजना , नेपाल नेत्र ज्योति संघ सुर्खेत र कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एड, को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल – यार्सन ० जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगत – बालबालिका तथा युवा सशक्तिकरण परियोजनाको आर्थिक सहयोगमा उक्त शैक्षिक सामाग्रीहरु सहयोग गरिएको हो ।

भेरी नगरपालिकाका नगर उप प्रमुख सिता जैसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चन्द्र ज्योति आधारभुत विद्यालय पुन्मा ७ दोकान का २ जना र शिव माध्यमिक विद्यालय भेरी नगरपालिका १ कालेगाउँका १ जना अपांगता भएका वालवालिकालाई कापी र कलम वितरण गरिएको थियो । शैक्षिक सामाग्री वितरण गर्नु हुदै नगर उप प्रमुख सिता जैसीले अपांगता भएका व्यक्तिहरुका लागि सबैले मिलेर सहयोग गर्नुपर्ने बताईन् । उक्त कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रशाद जैसीले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक अवसर सिर्जना गर्नुपर्ने बताए ।

यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेव बस्नेतले अपांगता भएका व्यक्तिहरुको लागि सवै पक्षले मिलेर कार्य गर्नुपर्ने भनाई राखे । हामीले अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको हक अधिकारको लागि वकालत गर्नुपर्ने बताएका थिए । त्यस्तै नेपाल नेत्र ज्योति संघ का विपना रावलले अपांगता भएका व्यक्तिहरुको शिक्षामा टेवा पुगोस भन्ने उद्धेश्यले शैक्षिक सामाग्री उपलव्ध गराइएको भनाई राखेकी थिईन् ।
त्यस्तै शनिवार भेरी नगरपालिकामा वसेको सरोकारवालाहरुको समन्वय वैठकले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्वन्धी हाल सम्म भएको कार्यहरुको समीक्षा र आगामि दिनमा गरिने क्रियाकलापहरुको तय गरेको छ ।

जस अनुसार शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र यार्सन जाजरकोटको आयोजनामा मंसीर १९ गते गुणस्तरिय शिक्षामा लैगिक हिंसाले पारेका प्रभाव सम्वन्धि अन्तरक्रिया कार्यक्रम, भेरी नगरपालिकाको आयोजनामा २२ गते भेरी नगरपालिका ७ स्याउली वजारमा महिलाहरुको पाठेघर खस्ने समस्या सम्वन्धिको शिविर सन्चालन सामाजिक विकास कार्यालयको आयोजनामा लैंगिक हिसा न्युनिकरणमा हाम्रो भुमिका विषयमा २३ गते वक्तृत्व प्रतियोगिता आयोजना गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयको आयोजनामा शिव मावि। कालेगाउँमा साइवर क्राइम सम्वन्धि विद्यालय स्तरिय सचेतना कार्यक्रम, बाल विवाह विरुद्ध साझा अभियान नेपालको आयोजनमा वालविवाह एवं वलात्कार पििडतलाई सहयोग गर्ने कार्यक्रम रहेको छ । लैङ्गिक हिंसा न्युनिकरणमा सहयोग गर्ने संघ संस्थालाई सम्मान तथा अभियानको समिक्षा सहित समापन गरिने छ ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित
  • Nabintech