१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
जाजरकाेट अस्पताल विकास समितिका अध्यक्ष ठकुरीले गरे पदभार ग्रहण
जाजरकाेट अस्पताल विकास समितिका अध्यक्ष ठकुरीले गरे पदभार ग्रहण
  • paschimpatra

जाजरकाेट । जाजरकाेट अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डम्बर सिह ठकुरीले पदभार ग्रहण गरेका छन् ।

अस्पताल विकास समिति जाजरकोटको अध्यक्षमा मनोनयन भएका ठकुरीले शुक्रबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै ठकुरीले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दै आवश्यक सल्लाह–सल्लाह लिएर अगाडी बढ्ने बताए । उनले समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास नहुने भएकोले सल्लाह–सुझाव, सहकार्य र सहभागितामा नै आफू अगाडी बढ्ने र काम गर्नु अघि धेरै बोल्नु भन्दा पहिला काम गरेर देखाउनुपर्ने उनले बताए ।

त्यसैगरी आफ्नो चार वर्षे कार्यकालमा अस्पतालमा कुनै पनि कमजोर हुन नदिने साथै हुदै आएको राजनीतिलाई समेत टाढा राख्ने जानकारी दिएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड (क) बमोजिम सामाजिक विकास मन्त्रालयले ठकुरीलाइ चार वर्षका लागि जाजरकाेट अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यस्तै, सदस्यहरुमा आनन्द कार्की र निर्मला सिंहले पनि पदभार ग्रहण गरेका छन् ।

कार्यालय प्रमुख सहित अन्य अस्पतालका कर्मचारीले अस्पताल विकास समितिका पदाधिकारीहरुलाई फुलमाला सहित स्वागत गरेका थिए ।

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech