१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
जाजरकाेट अस्पताल विकास समितिकाे अध्यक्षमा डम्बर
जाजरकाेट अस्पताल विकास समितिकाे अध्यक्षमा डम्बर
  • paschimpatra

जाजरकाेट । जाजरकाेट अस्पताल विकास समितिले लामाे समयपछि व्यवस्थापन समिति पाएको छ । करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा डम्बर सिह ठकुरी नियुक्त भएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड (क) बमोजिम सामाजिक विकास मन्त्रालयले ठकुरीलाइ चार वर्षका लागि जाजरकाेट अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

डेढ वर्षदेखि विना समितिद्वारा सञ्चालन हुँदै आएको अस्पतालले बल्ल अध्यक्ष पद पाएको हो । २०७७ पुस महिनामा धर्मसीला बस्नेतको कार्य अवधि सकिएपछि डेढ वर्षसम्म समिति पदाधिकारी विहीन अवस्थामा रहेको थियो ।

लामो समयदेखि अस्पताल विकास समितिमा अध्यक्ष नहुँदा धेरै काम प्रभावित भएर रोकिएका थिए । अस्पतालले अध्यक्ष पाए पछि अब कार्यलयका सेवाहरु प्रभाबकारि ढंगका साथ नियमित रूपमा अगाडि बढ्ने विश्वास गरिएकाे छ ।

अस्पताल विकास समिति मनोनयन भएका ठकुरीले आफ्नो चार वर्षे कार्यकालमा अस्पतालमा कुनै पनि कमजोर हुन नदिने साथै हुदै आएको राजनीतिलाई समेत टाढा राख्ने जानकारी दिएका छन् ।

 

  • ८ भाद्र २०७९, बुधबार प्रकाशित
  • Nabintech