
वीरेन्द्रनगर । बालमैत्री वडा घोषणा अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सेभ द चिल्ड्रेनको साझेदारी तथा किर्डाक नेपालको कर्पोरेट को- फाईनान्सिङ्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ मा स्तनपान कक्ष स्थापना गर्न आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
असार २६ गते आयोजित एक कार्यक्रमबीच किर्डाक नेपालका कर्णाली प्रदेश कार्यक्रम व्यवस्थापक श्री राजबहादुर रोकायले वडा नं. ७ का वडा अध्यक्ष श्री ध्रुवकुमार चपाईलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो।
हस्तान्तरण गरिएका सामग्रीमा एक थान सोफा, एक थान सामान राख्ने र्याक, एक थान पानी फिल्टर, एक थान बाटा, एक थान डस्टबिन, एक थान बाल्टिन, १० मिटर जुटको कार्पेट, १२ वटा हात धुने साबुन, २०० एमएलको एक थान ह्यान्डवास, सात प्याकेट टिस्यु पेपर र एक थान मल्टिप्लग रहेका छन्।
कार्यक्रमका बारेमा किर्डाक नेपालका प्रतिनिधिहरूले स्तनपान कक्ष स्थापना तथा आवश्यक सामग्री उपलब्ध गराउनुको मुख्य उद्देश्य बालमैत्री वडा घोषणाको प्रक्रियालाई सहयोग पुर्याउनुका साथै बालमैत्री स्थानीय शासनका सूचकहरू पूरा गर्न वडा कार्यालयलाई सहजीकरण गर्नु रहेको बताएका छन्।साथै स्तनपान कक्ष स्थापना पश्चात आमा र शिशुको स्वास्थ्य, पोषण तथा अधिकार सुनिश्चित गर्न सहयोग पुग्नेछ।त्यसैगरी यसले वडा कार्यालयमा स्तनपान कक्षको स्थापना हुँदा स्तनपान गराउने सेवाग्राही तथा यस वडाका कर्मचारीहरुले सुरक्षित, स्वच्छ, गोपनीय र सहज वातावरणमा आफ्ना शिशुलाई स्तनपान गराउन सहज वातावरण सिर्जना गर्न सहयोग पुर्याउने वडा अध्यक्ष ध्रुव कुमार चपाईले व्यक्त्त गर्नु भयो।
यस सहयोगबाट बालअधिकार प्रवर्द्धन, महिला तथा बालमैत्री सेवा प्रवाह र बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कुरा वडा सचिब मन्जु कुमारी भण्डारीले थप जानकारी गराउनु भयो।