७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
जाजरकाेट अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने
जाजरकाेट अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने
  • paschimpatra

जाजरकाेट । जाजरकाेट जिल्ला अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ ।

शुक्रबार बसेकाे अस्पताल विकास समितिकाे बैठकले पत्रकारलाई औषधि बाहेक अन्य सेवाहरू ल्याब,एक्सरे र टिकटमा ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेकाे हाे ।

पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यहरू र यसबाहेक अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकार लाभान्वित हुने छन् ।

जिल्लाकै ठूलो ५० शैया रहेको यस अस्पतालमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा जाजरकाेटमा आबद्ध र जिल्लाको विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने निर्णय भएकाे अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिह ठकुरीले जानकारी दिए ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech