काठमाण्डौ । आईसीसी टी–२० विश्व कपको उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएको छ । साइमन्ड्स स्टेडियम जिलङमा भएको खेलमा नामिबियाले ५५ रनले हरायो । नामिबियाले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्यो । श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले २९ र भानुका राजपाक्षले २० रन बनाए । बलिङतर्फ नामिबियाका डेभिड विस,...
काठमाण्डौ । इङ्ग्ल्यान्डले घरेलु टोली पाकिस्तानसँगको ७ खेलको टी–२० शृङ्खला जितेको छ । लाहोरमा गएराति भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इङ्ग्ल्यान्डले शृङ्खला ४–३ ले जितेको हो । इङ्ग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय पारी...
काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ । अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ । त्यसका...
काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गरेको थियो । समूह चरणको लयलाई कायम...
काठमाडौं । साफ यु-१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको हो। नेपालका लागि सरोज दर्लामीले ४५औं मिनेट, उनेश बुढाथोकीले ४९औं मिनेट र सुवास बमले ६८औं मिनेटमा गोल गरेका थिए। त्यसअघि भारतले २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। यससँगै नेपाल समूह बी को विजेता बन्दै...
जाजरकाेट । नेपाली क्रिकेट समर्थक समाजले बन्द प्रशिक्षणको अनुशासन उल्लघंनमा जोडिएका टोली व्यवस्थापक, सम्बन्धित कर्मचारी र अफिसियललाई स्पष्टीकरण सोध्दै दोषी देखिए तत्काल कारबाही गर्न माग गरेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेका छन् भने टिम व्यवस्थापनमाथि प्रश्न उठेका छ। राष्ट्रिय...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेबिरुद्ध बलात्कारको जाहेरी परेको छ । पीडित नाबालिगले प्रहरी वृत्त, गौशालामा दिएको दिएको जाहेरीमा सन्दीपले भदौ ५ गते पीडितलाई नगरकोट पुर्याएर काठमाडौं ल्याई एक होटलमा रातभर पटक पटक बलात्कार गरेको उल्लेख छ । घटना भएको भनिएको समयमा सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा थिए । नेपाल टिम केन्याविरुद्धको...
काठमाण्डाै । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) छलफलमा जुटेको छ। उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ। नाबालिकलाई करणी गरेको गम्भीर आरोप् लागेपछि मुद्दा किनारा नलागेसम्म उनलाई चारैतिरबाट समस्या पर्ने देखिएको छ। उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय...
काठमाण्डौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले...
काठमाण्डौ । दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एकरएक...