काठमाण्डौ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश...
काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेल आजदेखि हुँदैछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ । यस्तै, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको...
जाजरकाेट । जाजरकाेटको खलंगामा राेशन, विक्रान्त स्मृति कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । "लागु औषध त्यागौ, खेलकुदमा लागौ" भन्ने मुल नाराका साथ यूनाइटेड युथ क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउदो कात्तिक १५ गतेदेखि त्रीभुवन मा.वि.काे खेल मैदानमा हुनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्याउने...
काठमाडौं । अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो । त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो । अर्ना...
काठमाडौं । आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ । ८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी-२० विश्वकप खेल्नेछन् । आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी-२० मेन्स विश्वकप एसिया क्वालिफायर...
काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको जित हात पारेको छ । इंल्याण्डलाई स्तब्ध बनाएको अफगानिस्तानले सोमबार पाकिस्तानमाथि ओडीआई क्रिकेटमै पहिलो जित हात पारेको हो । यसअघि सात खेलमा अफगानिस्तान हारेको थियो । दुई पटक त जित नजिक पुगेर पनि चुकेको थियो । सोमबार भारतको चेन्नईमा पाकिस्तानले दिएको २८३ रनको लक्ष्य इब्राहिम जादरानको ८७ रनको...
काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३।१ ओभरमा ४१ रनमा अलआउट गर्यो । यसक्रममा नेपालले टी0-२० आई क्रिकेटमा कम्तिमा ७ वटा...
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङ विरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई...
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग...
काठमाडौं । सोमबारदेखि सुरु भएको ‘काभा वुमन्स च्यालेन्ज कप भलिबल’ प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई ३-० ले हराउँदै सुखद सुरुवात गरेको हो । पहिलो सेट २५-११, दोस्रो २५-१९ र तेस्रो सेट २५-११ ले किर्गिस्तानलाई हराउँदै नेपाल विजयी बन्यो । आजैदेखि काठमाडौंमा...