१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
काभा वुमन्स च्यालेन्ज कप : ३-० ले हराउँदै नेपालको विजयी सुरुवात
काभा वुमन्स च्यालेन्ज कप : ३-० ले हराउँदै नेपालको विजयी सुरुवात
  • न्युज डेस्क

काठमाडौं । सोमबारदेखि सुरु भएको ‘काभा वुमन्स च्यालेन्ज कप भलिबल’ प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई ३-० ले हराउँदै सुखद सुरुवात गरेको हो । पहिलो सेट २५-११, दोस्रो २५-१९ र तेस्रो सेट २५-११ ले किर्गिस्तानलाई हराउँदै नेपाल विजयी बन्यो ।

आजैदेखि काठमाडौंमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो ।

नेपालले अब अर्को खेल मंगलबार बंगलादेशसँग खेल्ने छ ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित
  • Nabintech