१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
इमर्जिङ टिम्स एसिया कप क्रिकेट : आज भारतसँग खेल्दै नेपाल
इमर्जिङ टिम्स एसिया कप क्रिकेट : आज भारतसँग खेल्दै नेपाल
  • paschimpatra

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ ।

डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

उता भारत ए ले पहिलो खेलमा यूएई ए लाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ ।

इमर्जिङ कपमा नेपालले हरेक खेल जितको मानसिकतासहित खेल्ने प्रतियोगिताअघि रोहितले बताएका थिए ।

भारत ए को कप्तानी यू(१९ विश्वकप विजेता कप्तान यस डुलले गर्नेछन् जहाँ इन्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको वर्चस्व छ ।

नेपालले अगष्ट-सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।

  • १ श्रावण २०८०, सोमबार प्रकाशित
  • Nabintech