५ साउन काठमान्डौ । पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ ।जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण एनडीएमएले जानकारी दिएको छ।जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा १६ र इस्लामाबाद र पाकिस्तान प्रशासित कश्मीरमा १–१ जनाको मृत्यु भएको छ ।
एनडीएमएका अनुसार भवन भत्किँदा १ सय १८, बाढीका कारण ३० जनाको मृत्यु भएको छ भने डुबेर, चट्याङ, विद्युत् करेन्ट र पहिरोका कारण पनि धेरैको मृत्यु भएको छ।पाकिस्तानमा आएको बाढीका कारण अहिलेसम्म ५६० भन्दा बढी घाइते भएका छन्