१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
टी-२० विश्वकप क्वालिफायर : एसियाबाट कसको सम्भावना कति ?
टी-२० विश्वकप क्वालिफायर : एसियाबाट कसको सम्भावना कति ?
  • paschimpatra

काठमाडौं । आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ ।

८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी-२० विश्वकप खेल्नेछन् ।

आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी-२० मेन्स विश्वकप एसिया क्वालिफायर फाइनल २०२३ मा प्रतिस्पर्धा गर्नेछन् ।

३० अक्टोबरदेखि ५ नोभेम्बर (१३-१९ कात्तिक) सम्म चल्ने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । ३ नोभेम्बरमा हुने सेमिफाइनलको विजेता दुई टिमले वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

यस्तै छनोट हुने दुई टिमबीच ५ नोभेम्बरमा हुने एसिया क्वालिफायरको उपाधिका लागि फाइनल खेल हुनेछ ।

नेपाल ‘फेभरेट’ टिम

घरेलु टोली नेपाल टी-२० विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ र राम्रो स्थानमा समेत छ । घरेलु समर्थकको साथ छ । यसअघि नेपाल लिग टु मा शीर्ष तीनमा रहेर वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको थियो ।

पछिल्ला खेलको प्रदर्शनले नेपाललाई फाइदा छ । नेपाल टी-२० वरीयतामा छनोट खेल्नेमध्ये सबैभन्दा माथि १६औं स्थानमा छ । बाँकी टिमहरुमा पनि खासै अन्तर छैन । यूएई १७औं, ओमान २०औं, हङकङ २१औं, मलेसिया २५औं, कुवेत २७औं, बहराइन २८औं र सिंगापुर ३६औं स्थानमा छ ।

छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपालले लिग चरणमा यूएई र हङकङविरुद्ध सबै चार खेल जितेको थियो । फाइनलमा भने नेपाल यएईसँग पराजित भयो ।

गत महिना यूएईलाई हराएर गल्फ क्रिकेट टी-२०को उपाधि जितेको ओमान पनि लयमा छ र विश्वकप पुग्ने दाबेदारीमा छ । उक्त प्रतियोगितामा लिग चरणमा यूएईले चार खेल जितेर शीर्ष स्थानमा रहेपनि फाइनलमा भने अकिव इल्यास र आयान खान सम्मिलित ओमनानसँग पराजित भयो ।

तर यूएईले खेललाई जतिबेला पनि टर्न गर्न सक्छ । उसले २०२२ मा अष्ट्रेलायमा भएको विश्वकप खेलेको थियो ।

हङकङले छनोटअघि काठमाडौंमा त्रिकोणात्मक शृखंला खेलेको थियो र त्यसले पनि राम्रो तयारी भएको छ ।

कुवेत र मलेसिया एसिया सब रिजल क्वालिफायरमा आफ्नो समूहमा शीर्षमा रहँदै एसिया क्वालिफायर फाइनलमा छनोट भएको हो र उसको मनोबल पनि उच्च छ ।

समूह विभाजन

समूह ए

मलेसिया, नेपाल, ओमान, सिंगापुर

समूह ए को सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

समूह बी

बहराइन, हङकङ, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई)

समूह बी को सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

  • १२ कार्तिक २०८०, आईतवार प्रकाशित
  • Nabintech