२३ भदौं काठमाडौँ । स्पेनका कार्लोस अल्कारेजले युएस ओपनमा पुरुष एकलतर्फको उपाधि जितेका छन् ।सोमबार बिहान भएको अमेरिकाको न्युयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम टेनिसको फाइनलमा इटालीका यानिकसिनरलाई ३-१ को सेटमा हराउँदै अल्काराजले उपाधि जितेका हुन् । पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेका उनले दोस्रो सेट भने ३-६ ले सिनरलाई सुम्पिएका थिए । तर सो पछिका दुई...
२० भदौं काठमान्डौं । सन् २०२६ को विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट भएका छन्।बिहीबारको दक्षिण अमेरिकी छनोट खेलबाट तीन देश छनोट भएका हुन्। छनोट अघिको अन्तिम खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दा पराग्वेले गोलरहित बराबरी खेलेको हो। विश्वकप छनोटमा अर्जेन्टिना, ब्राजिल र इक्वेडर यसअघि नै छनोट भइसकेका छन्। पेरु भने विश्वकपको दौडबाट बाहिरिएको...
११ भदौं काठमान्डौ । भारतीय क्रिकेट खेलाडी रविचन्द्रन आश्विनले फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपीएलबाट पनि सन्न्यास लिएको घोषणा गरेका छन् ।उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको जानकारी दिएका हुन् । ‘आजदेखि मेरो आईपीएल करियर पनि समाप्त भएको छ,’ उनले भनेका छन् ।आश्विनले १६ वर्ष आईपीएल खेले । उनले आईपीएलमा कुल दुई सय २१ खेल खेलेका छन्...
२ भदौ काठमान्डौ । टप एन्ड टी २० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ।सोमबार डार्बिनमा भएको खेलमा नेपाललाई मेलवर्न स्टार्स एकेडेमीले ३१ रनले पराजित गरेको हो।यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकर्स र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजय भोगेको थियो। सोमबार मेलवर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा...
२२ साउन काठमाडौं । विश्व फुटबल महासंघ फिफा वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो । यसअघि एक सय औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औं स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रुपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।
१७ साउन हेटौंडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौँडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको ‘देश चिनाउने सम्बासँग हाम्रो चिनजान’ कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित...
१४ साउन काठमान्डौं । भारतीय टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराहले बिहीबारबाट सुरु हुने एन्डरसन तेन्दुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भएका छन्।इएसपीएनक्रिकइन्फोका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईको मेडिकल टिमले बुमराहको ढाडलाई जोगाउन र उनको लामो क्रिकेट करिअरलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। भारतीय टिम व्यवस्थापन...
१२ साउन काठमान्डौं । विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा...
९ साउन काठमान्डौ । नेपालले ३८ औं आइएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ।नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन्। मिक्स क्वाडमा रोशन तामाङ कप्तान, सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए।चाइनिज ताइपेईं दोश्रो र बंगलादेश...
जाजरकोट । चालु आर्थिक वर्षमा बजेट अभाव र स्थानीय तहहरूको चासोको कमीका कारण जाजरकोट जिल्ला कर्लाणी प्रदेश स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नहुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले सार्वजनिक सूचना जारी गर्दै कर्णाली प्रदेशस्तरीय सो प्रतियोगिता जेठ २२ गतेदेखि सुरु हुने भए पनि जिल्लाबाट सहभागिता हुन नसक्ने स्पष्ट पारेको हो। कार्यालयका...