३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
नियमित ड्यूटीमा फर्कियो ट्राफिक प्रहरी
नियमित ड्यूटीमा फर्कियो ट्राफिक प्रहरी
  • न्युज डेस्क

३० भदौं काठमाडौं । ट्राफिकले काठमाडौं लगायत उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथि चेकजाँच सुरु गरेको छ । कार्यालय सरसफाई नभए पनि मुख्य सडक, चोकमा ट्राफिक सेवा शुरु भइसकेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले बताउनु भएको छ ।

अत्यधिक क्षति पुगेको रामशाहपथस्थित उपत्यका ट्राफिक कार्यालयलाई मर्मत सम्भार गर्ने काम भइरहेको भन्दै अधिकारीले ट्राफिक प्रहरी जेजस्तो अवस्थामा छन्, त्यही अवस्थामा ड्युटीमा निस्किएको बताए । मुख्य चोक र सडकका प्रायः ट्राफिक लाइट भत्काइएका कारण ट्राफिक प्रहरीको अनुपस्थितिका कारण सर्वसाधारणलाई मर्का पर्ने हुँदा चप्पल, जुत्ताको ख्याल नगरी ट्राफिक सडकमा उत्रिएको उहाले बताउनु भयो ।

  • ३० भाद्र २०८२, सोमबार प्रकाशित
  • Nabintech