२९ भदौं काठमान्डौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुङ्गो लागेको छ ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले तिन जना मन्त्री थप्नु भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने टुंगो लागेको छ भने अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ ।तिनै जनाको सोमबार सपथग्रहण हुने भएको छ ।