२९ भदौं काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी उनले पार्टीको ग्रुप म्यासेन्जरमा मेसेज पठाउँदै उनले पार्टी परित्याग गरेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।उनले लेखेकी छिन्, “कहिलै गल्ति नस्वीकार्ने ।
गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।”