१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार
जाजरकाेटमा राेशन, विक्रान्त स्मृति कप फूटबल प्रतियोगिता हुने
जाजरकाेटमा राेशन, विक्रान्त स्मृति कप फूटबल प्रतियोगिता हुने
  • paschimpatra

जाजरकाेट । जाजरकाेटको खलंगामा  राेशन, विक्रान्त स्मृति कप खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

“लागु औषध त्यागौ, खेलकुदमा लागौ” भन्ने मुल नाराका साथ यूनाइटेड युथ क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउदो कात्तिक १५ गतेदेखि त्रीभुवन मा.वि.काे खेल मैदानमा हुनेछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

पाैडी खेल्ने क्रममा ज्यान गुमाएका जिल्लाका फुटबल खेलाडीहरु राेशन खड्का र विक्रान्त के.सी.काे सम्झनामा प्रतियोगिताको आयोजना गरिएको यूनाइटेड युथ क्लबका अध्यक्ष मबिन ज‌ंग शाही जानकारी दिए ।

प्रतियोगितामा उपाधी चुम्ने टिमले  १ लाख २५ हजार ५ सय ५५ नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले  ७५ हजार ५ सय ५५ नगद.  मेडल र प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ।

यसैविच प्रतियोगिता आयोजक समितीले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवरले सम्पन्न गर्नका लागि तयारी लाई तिब्र पारेको समेत आयाेजकले जानकारी दिएको छ ।

  • १३ कार्तिक २०८०, सोमबार प्रकाशित
  • Nabintech